कस्ताे चमत्कार जहाँ छाेरी जन्मेकाे १२ वर्ष पुग्दा छाेरा बन्छन्

 

असार १३ । लण्डनको एउटा गाउँमा जन्मेका ९० जना बालिकामध्ये एक जना १२ वर्ष पुग्दा नपुग्दै केटामा परिणत हुन्छन् । लण्डनको सालिनास गाउँमा यस्तो अचम्म हुने गरेको छ । 

यहाँका बासिन्दालाई यो प्रकृया सामान्य लाग्छ । यस्तो चमत्कार हुने ठाउँ भने क्यारेबियाली क्षेत्रमा डोमिनिकन रिपब्लिकमा पर्छ। गाउँको नाम हो सालिनास। यो गाउँमा जन्मिएका ९० जना केटीमध्ये औसतमा एकजना केटामा बदलिन्छन्। 

null

प्रजनन् अंग न त केटा न ठ्याक्कै केटीजस्ता हुने यस्ता बालबालिकालाई त्यहाँ गोविदसिस भनिन्छ, जसको अर्थ हुन्छ १२ वर्षमा पुरुष। यसलाई माकिहेम्ब्रा पनि भनिन्छ, जसको अर्थ हुन्छ पहिले महिला, पछि पुरुष। यो गाउँमा करिब जन्मने बालबालिकामध्ये करिब २ प्रतिशतमा यस्तो परिवर्तन हुन्छ । चिकित्सा शब्दावलीमा यस्ता बालबालिकालाई स्युडोहर्माफ्रोडाइटी भनिन्छ। 

यस्तो दुर्लभ घटनासम्बन्धी बेलायती सञ्चारमाध्यम बीबीसीले सार्वजनिक गरेको हो। बीबीसीको च्यानल २ को सिरिज काउन्टडाउन टु लाइफ बाट सालिनास गाउँ र त्यहाँ हुने यस्तो जैविक परिवर्तनबारे सन् २०१५ मा जानकारी दिएको थियो। 

कर्नेल विश्वविद्यालयकी डा. जुलियन इम्पेरातो म्याकगिन्ली डोमिनिकन रिपब्लिक घुम्न जाँदा सन् १९७० मा सबैभन्दा पहिले यो अचम्मको गाउँबारे पत्ता लगाए पछि त्यसवारे रिपोर्ट तयार भएको हो । सालिनासमा बालिकाका स्वरूपमा जन्मिएका शिशु हुर्किंदै जाँदा १२ वर्षभित्रमा उनीहरूको शरीर केटामा फेरिन्छ। 

बीबीसी २ ले निर्माण गरेको काउन्टडाउन टु लाइफमा टेलिभिजन पत्रकार माइकल मस्लीले सालिनासका त्यस्ता बासिन्दाको कथा प्रस्तुत गरेका छन्, जो पहिले केटी थिए र १२ वर्ष पुग्दा नपुग्दै केटामा परिणत भए। 

यसमा मस्लीले सालिनासका जोनी नाम गरेका एक युवाको कथाको चर्चा गरेका छन् । जन्मदा बालिकाको रुपमा जन्मिएका जोनी पछि पुरुष बनेका थिए । उनका प्रजनन् अंग केटाका जस्ता थिएनन् तर ठ्याक्कै केटीका जस्ता पनि थिएनन्। फेलिसिटिया ७ वर्षकी भएपछि उनको शरीरमा परिवर्तन आउन थाल्यो। उनको शरीर केटाको जस्तो हुन थाल्यो। २८ वर्षका भइसकेका जोनी अहिले पुरुष जीवन बिताइरहेका छन्। बीबीसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *