रुपन्देहीमा एक युवाको हत्या, पाँच पक्राउ

 

बुटवल, जेठ २६ । रुपन्देहीमा एक २८ वर्षे युवाको हत्या गरिएको छ । शनिबार राती रुपन्देहीको देवदहमा अर्धचेत अवस्थामा भेटिएको साे युवाको उपचारको क्रममा मृत्यु भएको छ । 

उनको उपचारको क्रममा रुपन्देहीको देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको देवदह प्रहरी खैरेनीले जनाएको छ । 

null

अर्धचेत अवस्थामा निधार र छातीमा निलडाम समेत भेटिएको उक्त युवा देवदह नगरपालिका–८ विशालनगरका २८ वर्षिय सुमन थापा रहेको खैरेनीका प्रहरी निरीक्षिक दिपक महतले बताएका छन् । 

प्रहरीका अनुसार यस घटनामा संलग्न भएको आशंकामा ५ जनालाई पक्राउ गरी अनुसन्धान भईरहेको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *