लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराले आज शपथग्रहण गर्दै

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् ।

प्रदेश प्रमुखको कार्यालय बुटवलमा दिउँसो पौने दुई बजे शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुख अमिक शेरचनका प्रमुख स्वकीय सचिव नारायण प्रसाद आचार्यले जानकारी दिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले राजीनामा दिएपछि ४८ प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

महराले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारीसमेत गरेका छन् ।

सबै सत्ता साझेदार दलबाट कम्तिमा एक/एक जनालाई समेटेर मन्त्रिपरिषद् गठन गर्ने तयारी भइरहेको स्रोतले बतायो ।

त्यसका लागि सत्ता साझेदार दलका नेताहरूबीच छलफल भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *