ड्रेसका कारण ट्राेल बनेकी वर्षा यसो भन्छिन्

 

असार ४, काठमाडौँ । केही हप्ता अगाडी चलचित्र ‘जत्रै जात्रा’ लिएर अष्ट्रेलिया पुगेकी नायिका वर्षा राउत निकै विवादित र ट्रोलको शिकार भएकी थिईन् । 

अष्ट्रेलियमा चलचित्रको विशेष शोमा उनले लगाएकी सेतो गाउनमा कालो थोप्ला भएको अर्धबक्षस्थल समेत देखिने ड्रेस लगाएपछी उनी निकै विवादित र ट्रोल शिकार समेत भएकी हुन् । 

null

कति दर्शकले उनले लगाएको ड्रेसलाई सामान्य माने भने कति दर्शकले उनले लगाएको त्यस ड्रेसलाई पचाउन सकेनन् । त्यस  ड्रेसका कारण उनलाई सकारात्मक सोच्ने भन्दा नकरात्मक सोच्नेको ताँती लागेको थियो । 

धेरै दर्शकले उनको नामसँगै श्रीमान् संजोक कोईरालाको समेत नाम जोड्न अलिकती पनी ढिलाई गरेनन् । उनी सँगै संजोग कोईरालाको नाम जोडेर  दर्शकले सामाजिक संजाल मार्फत संजोग सँग विवाह गरेर वर्षा झन् सेक्सी र बोल्ड भईनन् भनेर समेत कमेन्ट गरेका थिए । 

यसै सन्दर्भमा वर्षा नेपाल फर्केर काठमाण्डौको बीग मुभिजमा आयोजना भएको चलचित्र ‘जात्रै जात्रा’को विशेष शोमा यसबारे सोध्दा उनले यस कुराको बारेमा जवाफ दिन आफूलाई आवश्यक नरहेको बताए पनी केही कुरा भने बताएकी छिन् । 

उनले भनिन् ‘मलाई त्यो पहिरन लगाउँदा सहज भयो । मेरो वरिपरीका मानिस, मेरो परिवार, मेरा दर्शकलाई कुनै समस्या छैन भने यसको जवाफ दिन म आवश्यक ठान्दिनँ ।’ 

यस कुरामा आफूसँगै श्रीमान् संजोग कोइरालादेखि, ममी ड्याडी पनि समेटिएर ट्रोल बनाईएकोले आफूलाई केही फरक परेको तर परिवार र चलचित्रको टिमले सान्तवना दिएपछी आफूलाई यी कुराले असर नगरेको बताएकी छिन् । 

उनले भनिन् ‘स्वतन्त्रता भन्ने पनि कुनै कुरा हुन्छ यो मेरो व्यक्तिगत स्वतन्त्रता हो, तपाईहरु पनी तपाईलाई जे मनपर्छ त्यही लगाउनुहोस् दुनियाको कुरा नसुन्नु हाेस्’ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *