भारतीय अभिनेता गिरीश कर्नाडको निधन, तीन दिन राजकीय शोकको घोषणा

 

जेठ २७, काठमाडौं । भारतीय अभिनेता तथा निर्देशक गिरीश कर्नाडको निधन भएको छ । 

लामो समयदेखि अस्वस्थ रहेका अभिनेता कर्नाडको ८१ वर्षको उमेरमा सोमबार बिहान बैंगलोरमा निधन भएको हो । 

null

६ दशक लामो समयसम्म भारतीय साहित्य, चलचित्र लेखन तथा निर्देशन तथा अभिनयमा बिताएका उनको निधन ‘पल्टिपल अर्गान फेलियर’का कारण भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनको आजै अन्तिम संस्कार हुने बताइएको छ । 

उनको निधन पछि कर्नाटक सरकारले तीन दिनको राजकीय शोकको घोषणा गरेको छ। कर्नाटकका मुख्यमन्त्री एच डी कुमारास्वामीले उनको निधनमा शोक व्यक्त गर्दै एक दिन सार्वजनिक बिदाको घोषणा गरेका छन् । 

उनले सन १९७१ मा चलचित्र ‘भस्म ब्रिक्रक्षय’ मार्फत चलचित्र क्षेत्रमा डेब्यु गरेका थिए। पहिलो फिल्म मार्फत नै उनले ३ वटा फिल्म फेयर अवार्ड हात पारेका थिए। उनले भारतका ठूला सम्मान पद्मश्री र पद्मभुषा पुरस्कार समेत प्राप्त गरेका थिए । अभिनेता कर्नाडले भस्म ब्रिक्रक्षयसँगै हिन्दी फिल्म गोधुली, काडु, वो घर, उत्सव, डिआर बेन्द्रेलगायतका थुप्रै फिल्महरूमा अभिनय गरेका छन्। उनी अभिनीत फिल्म निशान्त, मनथान, स्वामी, पुकार लगायतका फिल्महरू हिट छन्। 

यसैबिच गिरीश कर्नाडको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शोक व्यक्त गरेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *