केजरीवालले दिल्लीमा महिलालाई बस र मेट्रो सेवा निःशुल्क गर्ने घोषणा

 

जेठ २०, दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा महिलालाई बस र मेट्रो सेवा निःशुल्क गर्ने घोषणा गरेका छन् । आज पत्रकार सम्मेलन आयोजना गरी केजरीवालले अब केहि दिनमै महिलाहरू दिल्लीमा निःशुल्क यात्रा गर्न सक्ने घोषणा गरे । 

दिल्लीका मुख्यमन्त्री केजरीवालले पत्रकार सम्मेलनमार्फत महिलालाई उपहार दिँदै अब छिट्टै डीटीसी बस र क्लस्टर बस तथा मेट्रोमा निःशुल्क यात्रा गराउने जानकारी गराए । केजरीवालले टिकट किनेर यात्रा गर्न चाहने महिलाले टिकट किन्न सक्ने पनि बताए । 

null

मुख्यमन्त्री केजरीवालले दुईदेखि तीन महिनाभित्र यो व्यवस्था लागू गर्ने बताएका छन् । दिल्ली सरकारका अनुसार यस वर्ष मात्रै यसमा ७ सयदेखि ८ सय करोड भारतीय रुपैयाँ खर्च हुनेछ । यो सबै दिल्ली सरकारले व्यहोर्ने बताइएको छ । 

‘यसमा केन्द्र सरकारको अनुमति आवश्यक छैन । बसमा सुरक्षाका लागि सीसीटीभी र मार्सल पनि राखिने छ ।’ केजरीवालले भनेका छन् । दिल्लीमा अहिले बस तथा मेट्रोमा ३० देखि ३३ प्रतिशत महिला यात्रा गर्छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 3 =