ट्रोल बनेकी नायिका वर्षाको बचाउको लागि संजोगको यस्तो स्टाटस

 

जेष्ठ २१, काठमाडौ । केही समय यता ड्रेसको कारण समाजिक संजाल मार्फत चारैतिरबाट ट्रोल बनेकी नायिका वर्षा राउतकाे बचाउका लागि उनको श्रीमान खडा भएका छन् । 

उनका श्रीमान संजोग कोईरालाले सोमबार सामाजिक संजाल फेसबुकमा आफ्नो र वर्षाको फोटो पोष्ट गर्दै एक स्टाटस अपडेट गरेका छन् । उक्त अपडेट गरिएको स्टाटस मा यस्तो लेखिएको छ । 

null

‘म तिमीलाई सधैं प्रोत्साहन गर्छु, सम्मान गर्छु, तिम्रो हरेक लडाइमा तिम्रो साथमै उभिनेछु । तिम्रो संघर्ष र कठिनाईको समयमा पनि म तिमीलाई नै माया गरिरहनेछु । म तिमीलाई जस्तो समय र परिस्थितिमा पनि आनन्दित तुल्याउने प्रयत्न गर्नेछु । तिमी सधैं सही कुरा भन्न र गर्न सक्दैनौं त्यो ठीकै छ । तिमी यहाँ सबै कुरामा पर्फेक्ट हुन होइन तर वास्तविक हुनको लागी छौं ।’ 

 

चलचित्र ‘जात्रै जात्रा’को प्रमोशनको लागि चलचित्रको टिम सहित अष्ट्रेलिया पुगेकी वर्षाले उत्तेजक ड्रेस लगाएपछी उनी ट्रोलको शिकार भएकी हुन् । 

उनले अष्ट्रेलियामा चलचित्रको विशेष शोमा सेतोमा कालो थोप्लाले भरिएको अर्धवक्षस्थल समेत देखिने ड्रेस लगाएकी थिईन् । उक्त ड्रेसको कारण उनले बिभिन्न आलोचना खेप्नुको साथै उनको बारेमा निकै ट्रोल बनाईएको थियो । 

उनका एक थरीका फ्यानहरुले अब देखि यस्तो पहिरन नलगाउन आग्रह गरे भने अर्को थरीका  फ्यानहरुले ज्योती मगरसँग तुलना समेत गरेका थिए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *