हँसाउने मान्छे हिरासतमा ! सुहाएन, भूलचुक लिनोस् र दिनोस्

 

फरक फरक शैलीका कमेडियनहरु आई रहेकाछन् र आउनुपनि पर्छ । मिम नेपालका प्रनेशले पनि नयाँ शैलीमा ब्यंग्य गर्न खोजेको देखिन्छ जुन नेपाली समाजका लागि नितान्त नौलो हो । नौलो प्रयोग भएकाले उनले भाषामा शुद्धता, हास्यमा स्वश्थता र ब्यंग्यमा शिष्टता अपनाउनु पर्ने देखिन्छ । तर, ब्यंग्य गरेकै भरमा कुनैपनि कमेडियन हिरासतमा थुनिनु सुखद कुरो हैन । 

समिक्षात्मक शैलीको यो हास्यव्यंग्यले सिनेमा पक्षलाई चित्त दुख्नु स्वभाविक हो । किनभने भिडियोमा प्रश्तुत भएका कतिपय शब्द र दृष्यले हाँसोभन्दा आक्रोस आउँछ । तर, सिनेमा पक्षले यसलाई नियतभन्दा पनि प्रनेशको सिर्जनागत त्रुटीका रुपमा बुझिदिनु पर्छ । एउटा उर्जावान कमेडियनलाई हतोत्साही हैन, सुझाव हौसला प्रदान गर्नुपर्छ । 

null

जाहेरीवाला र आरोपी दुबै एउटै क्षेत्रका हुन् । दुबैको उद्देश्य दर्शकलाई मनोरञ्जन दिनु हो । प्रहरी प्रशासनले पनि उनिहरुलाई जुधाउने हैन, मिल्ने वातावरण बनाउनुपर्छ । भर्खर हास्यव्यंग्य क्षेत्रमा उदाउंदै गरेको एउटा सिर्जनशिल युवा नियतीको शिकार नबनोस् । यथासक्य चाँडो बाहिर आओस् । आत्मविश्वास र उर्जा सहित हाँसोस् र हँसाओस् । भूलचुक लिने दिने । 

-गजुरियल डटकम 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *