सनी देओलले खोले शाहरुखसँग १६ वर्षसम्म नबोल्नुको रहस्य !

 

असार ४, नयाँ दिल्ली । सनी देओलले शाहरुख खानसँग यश चोपडाको फिल्म् डर (१९९३) मा काम गरेका थिए । त्यसपछि न दुवैले एकसाथ कहिल्यै काम गरे न १६ वर्षसम्म यी दुईबीच बोलचाल नै भयो । 

हालै एक अन्तर्वातामा अभिनेताबाट सांसद बनेका सनी देओलले शाहरुखसँग भएको मनमुटावको राज खोलेका छन् । 

null

‘यस्तो होइन कि मैँले कुरै गरिनँ । तर मैँले आफूले आफैँलाई अलग गरेँ । ज्यादा सार्वजनिक हुन्नँ । त्यसैले हामी कहिल्यै भेटेनौँ त कुरा गर्नका लागि कुरै छैन’, उनले भने । 

 

सनीले अघि भने, ‘म फिल्ममा एक सीन गर्दै थिएँ, जसमा शाहरुख मलाई छुरा मार्छ । सीनलाई लिएर यश चोपडासँग मेरो चर्को बहस भयो । मैँले उनलाई सम्झाउने कोशिस गरेँ कि फिल्ममा कमाण्ड अफिसर म हुँ । मेरो भूमिका आफैँमा एक्सपर्ट छ । म एकदम फिट छु । फेरि कसरी यो केटा (शाहरुख खानको भूमिका) मलाई सजिलै पीट्न सक्छ । ऊ मलाई पिट्न सक्छ, तर त्यो स्थितिमा जबकी मैँले उसलाई देखिरहेको छु । फेरि पनि ऊ मलाई छुरा मार्न सक्छ भने मलाई कमाण्डोको भूमिका चाहिँदैन ।’ 

 

सनीले यशजी वृद्ध भएका कारण आफूले आदर गरेर रिस उठेपनि यस विषयमा थप केही नभनेको बताए । ‘मलाई निकै रिस उठेको थियो । मैँले आफ्नो हात पकेटमा हालेँ । तब यस कुराको महशुस पनि भयो कि मैँले आफ्नो हातले आफ्नो प्यान्ट पनि च्यातेको थिएँ’, सनीले भने । 

 

सन् २००१ मा फिल्मफेयर म्यागेजिसँग दिएको अन्तर्वार्तामा सनीले भनेका थिए कि ‘डर’ उनको जिन्दगीको सबैभन्दा बेकार अनुभव थियो । त्यस समय उनीसँग झुट बोलिएको थियो । उनलाई मेकर्सले झुक्याएर साइडलाइन गरिदिएका थिए । 

उक्त अन्तर्वार्तामा जब सनीलाई शाहरुखसँग केही समस्या छ भनेर सोधिएको थिइयो । उनले जवाफ दिँदै भने, ‘मैँले ऊसँग काम गरेको छु र ऊ सक्षम पनि छ । तर अबदेखि म ज्यादा केयरफुल हुनेछु ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *