अभिनेत्री कट्रीनाले मिस इन्डियाको स्टेजमा बबाल मच्चाईन्

  

 

असार २, मुम्बई । ‘मिस इन्डिया २०१९’को मन्चमा अभिनेत्री कट्रीना कैफले धमाका मच्चाएकी छन् । उनले प्रतियोगिताको स्टेजमा धमाकेदार नृत्य प्रस्तुति मार्फत सबैको मन जितेकी हुन् । 

null

नृत्यको दौरानमा स्टेजमा कट्रिना निकै हट देखिएकी छन् । अहिले कट्रीनाको नृत्य दौरानका केही तस्बिर सार्वजनिक भएका छन् । सार्वजनिक लगतै तस्बिर भाइरल समेत भएका छन् । 

केही पहिले प्रतियोगीताका लागि डान्स प्रक्टीक्स गर्दै गर्दाको उनको तस्बिर समेत बाहिर आएको थियो । सो समय उनको नृत्यका नयाँनयाँ मुब्स र लूक्स सार्वजनिक भएक थिए । 

प्रतियोगितामा नोरा फतेरी, मौनी राय, विक्की कौसल लगायतले समेत नृत्य प्रस्तुति दिएका थिए । ‘मिस इन्डिया’ शनिबार राती मुम्बईको सरदार वल्लभभाई पटेल इन्डोर स्टेडियममा आयोजन भएको थियो । जसमा सुमन रावले शिर्ष उपाधि हात पारेकी थिइन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *