भारतीय वायुसेनाको विमान सम्पर्क विहिन

२०७६ जेठ २१ गते

जेठ २०, भारत । भारतमा १३ जना सवार वायुसेनाको एनए–३२ विमान सम्पर्क बिहिन भएको छ ।
भारतीय मिडियाका अनुसार ८ चालकदल सहित ५ यात्री बोकेको उक्त बिमान चीनको सिमाना असमको जोरहाटबाट सम्पर्क विहीन भएको हो ।
null
१२:३० बजेकाे उडान भरेकाे उक्त विमान दिउँसो १ बजे सम्म एयरपोर्टसँग सम्पर्कमा रहेको र त्यसपछी भने बिमान सम्पर्क बिहिन भएको खुल्न आएको छ ।
हाल बिमानको खोजी कार्य भईरहको भारतका रक्षामन्त्री राजनाथ सिंहले जनाएका छन् ।
विमान को खोजीकार्यको लागि लडाकु विमान सुखोइ र स्पेशल आप्स विमान सी–१३० त्यस स्थान तर्फ उडि सकिएको खबर प्राप्त भएको छ ।

२०७६ जेठ २१ गते
प्रतिक्रिया
सम्बन्धित