आँप खाँदा बिचार पुर्याऔं, नत्र अकालमा नै ज्यान जाला


जेठ २६ । आँप एउटा अत्यन्तै मिठो फल हो । आँपलाई फलहरुको राजा पनि भन्ने चलन छ । आँप खान नरुचाउँनै बिरलै मानिस होला । अहिले बजारमा छ्यास् छयास्ती आँप पाउँन थालि सकेको छ । आँपमा हाम्रो शरिरलाई चाहिने भिटामिन ए पाईन्छ । तर बिचार पुर्याउनुहोस जेष्ठ १५ भन्दा अघी पाकेको कुनैपनी आँप खादा हाम्रो स्वास्थ्य बिग्रन सक्छ ।
आँप बिभन्न जातिमा पाईन्छ । यी प्रत्येक जातिमा पाईने आँप मध्ये सुखतारा भन्ने जात सबैभन्दा छिटो अर्थात जेष्ठ १५ पछि मात्रै पाक्छ । त्यसपछि बम्बइ, गुलाबखास, जरदा पाक्छ, सुखतारा जेष्ठको १५ गते पाक्ने जात हो र बाँकी असारपछि मात्र पाक्ने जात हो ।
null
तर अहिले कुनै पनि जात काहीं पनि पाक्ने बेला भएको छैन । याद गर्नुहोस् आँप राम्ररी पाक्ने सिजन भनेको जेष्ठ १५ पछि मात्र हो ।
तर अहिले बजारमा आँप छ्यास छ्यास्ती पाईरहेको छ र बिक्री बितरण पनी भईरहेको छ । यसरी जेष्ठ १५ भन्दा अघी आएको आँपहरु दवाई लगाई बनाएको हुन्छ । जसले हाम्रो स्वास्थ्यमा बिस्तारै नकरात्मक असर गरी ज्यानै पनि जान सक्छ ।
जेष्ठ १५ भन्दा अघी पाईने आँपमा बिभिन्न केमिकल लागाई पकाईएको हुन्छ । जुन केमिकल मानिसको शरिर भित्र पुग्दा बिस्तारै स्वास्थ्यलाई असर पुर्याइ अकालमा ज्यान जाने हुन्छ । त्यस्ता फलफूल खाँदा होसियारी अपनाउनुपर्ने हुन्छ ।
यस्ता केमिकल भएको आँप खाँदा तत्कालिन झाडापखाला लाग्ने, मुखमा घाउ हुने, ग्यास्ट्रिक हुने, एलर्जी हुने, घाउ हुने लगायतका समस्या देखा पर्छ । दीर्घकालीन रुपमा भने कलेजो, छालाको समस्या हुने र धेरै मात्रामा खाँदा क्यान्सरको समेत खतरा हुने डाक्टर बताउँछन् ।
यसरी औषधि हालेर पकाएको आँप खानै पर्ने भएमा कम्तीमा पनि १० देखि १२ घण्टा पानीमा डुबाएर र बोक्रा ताछेर खानुपर्ने डाक्टर बताउँछन् ।
