फुटाउँदा रगत र मासुका टुक्रा निस्कने अचम्मकाे ढुंगा

बैशाख २३, एजेन्सी । ढुंगा निर्जीव वस्तु हो भन्ने सबैलाई थाहा छ । तर एउटा यस्तो ढुंगा भेटिएको छ जसलाई फुटाउँदा रगत र मासुका टुक्रा निस्कन्छन् । 

 

चिली र पेरुका समुद्रमा यस्ता ढुंगा टन्नै पाइन्छन् । ढुंगालाई सर्र हेर्दा सामान्य झैं लाग्छ । तर यसबाट मासु निस्कन्छ र बजारमा त्यो मासु बिक्रि गरिन्छ । 

null

सुन्दा पत्त्यारै नलाग्ने यस ढुंगालाई पायुरा चिलियांसिस नामले चिनिन्छ । उक्त पत्थरको मासुको अनेकौं परिकार बन्छ । तर स्थानीयहरू यसलाई काँचै खान मन पराउँछन् । ढुंगालाई फोर्नेबित्तिकै रगत निस्कन्छ । यसलाई पिरियड रगत पनि भनिन्छ । 

खासमा यो ढुंगा समुद्री जीव हो । यससँग लिंग परिवर्तन गर्ने क्षमता छ र यसले बच्चा पनि जन्माउँछ । यो जीव ठ्याक्कै ढुंगा जस्तै देखिन्छ । 

माथिबाट कडा देखिने यो ढुंगा भित्रबाट अत्यन्तै नरम हुन्छ । मानिस यो ढुंगाको खोजीमा समुद्रमा पुग्छन् र यसबाट निस्कने मासु खान मन पराउँछन् । ढुंगाको मासु निकाल्नका लागि तीखो चक्कु आवश्यक हुन्छ । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *