मोडल खुस्बुलाई ३ महिना कैद सजाय

 

जेठ ७, काठमाडौं । मोडल तथा समाजसेवी खुस्बु ओलीलाई ३ महिना कैद सजाय हुने भएको छ । 

सप्तरीको राजविराज–८ का ४३ वर्षीय गोपाल कटुवालले विशेष अदालतमा दर्ता गराएका ३६ लाखको चेक बाउन्सको मुद्दामाथि मंगलबार फैसला गर्दै अदालतले यस्तो सजाय सुनाएको हो । 

null

जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले खुस्बुलाई दोषी ठहर गर्दै ३ महिना कैद, ३ हजार र ३६ लाख चेक काटेदेखिको साँवा र ब्याजसमेत तिर्नुपर्ने फैसला सुनाएको हो । 

२ वर्षअघि मोडल ओलीले घरजग्गा खरिदका लागि कटुवालसँग ब्याज समेत दिने गरी ३६ लाख ऋण लिएकी थिइन् । पछि कटुवालले आफूले दिएको ऋण/सापट रकम मागे । खुस्बुले कुमारी बैंकको आफ्नो खाताबाट उक्त रकम बराबरको चेक काटेर कटुवाललाई थमाइदिइन् । 

उनले २०१७ जनवरी ३ तारिखमा चेक काटेर कटुवाललाई दिएकी थिइन् । त्यसको दुई दिनपछि कटुवाल चेक साट्न कुमारी बैंक पुगे । तर, बैंकले रकम नभएको भन्दै उनलाई फर्काइदियो । उनले त्यसबारे खुस्बुलाई खबर गरेपछि खुस्बुले केही समयपछि पैसा जम्मा गरिदिने बाचा पनि गरिन् । तर पछि पनि पैसा जम्मा भएन । 

पटक पटक गरी कटुवाल तेस्रो पटकसम्म बैंकबाट रित्तो हात फर्किए । तेस्रो पटकसम्म पनि खातामा पर्याप्त रकम नभएपछि चेक बाउन्स भयो । यसबारे पनि उनले ओलीलाई जानकारी गराए । तर खुश्बुले ‘रकम दिउँला’ भन्ने आश्वासन मात्रै दिइन् । 

लामो समयसम्म पनि आफ्नो ३६ लाख नपाएपछि गत वर्ष साउनमा कटुवालले काठमाडौं जिल्ला अदालतमा चेक अनादार मुद्दा दायर गरेका थिए । सोही मुद्दामाथि अदालतले मंगलबार फैसला गरी ओलीलाई दोषी ठहर गर्दै सजाय सुनाएको हाे । 

यता ओलीले भने यसबारे आफूलाई जानकारी नभएको र कटुवालले फसाउन खोजेको आरोप लगाएकी छिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *