‘मिडिया काउन्सिल विधेयक प्रोसेसमा अघि बढ्छ, फिर्ता हुँदैन’

 

जेठ ९, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले लाल आयोगको प्रतिवेदन केही समयपछि सार्वजनिक गरिने बताएका छन् । 

जेठ ६ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले लाल आयोगको प्रतिवेदन अध्ययन गरिरहेको भन्दै आवश्यक परे सरकारले उपयुक्त समयमा सार्वजनिक गर्ने बताएका हुन् । 

null

‘राजपाले लाल आयोगको प्रतिवेदनको विषय उठाएको कुरा साँचो हो। सरकारले प्रतिवेदन अध्ययन गरिरहेको छ। अध्ययन पछि उपर्युक्त समयमा सार्वजनिक हुन्छ’, मन्त्री बाँस्कोटाले भने । 

राष्ट्रिय जनता पार्टीले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न संसदमा पटकपटक माग गर्दै आएको छ । सभामुख कृष्णबहादुर महराले यस विषयमा सरकारलाई तीन पटक रुलिङ गरिसकेका छन्। तर, अहिलेसम्म सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छैन । 

यस्तै मन्त्री बाँस्कोटाले मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता नहुने पनि स्पष्ट पारे । उनले भने, ‘मिडिया काउन्सिल विधेयक आफ्नै प्रोसेसमा अघि बढ्छ । फिर्ता गर्ने कुरा हुँदैन । व्यवसायिक शुद्धता, सुरक्षा, मर्यादा र अभिव्यक्ति वा लेखन स्वतन्त्रतालाई सुनिश्चित गर्ने हिसाबले आउने कुनै पनि सकारात्मक कुरालाई हमेसा स्वागत गर्छौं, भनेकै छौं ।’ 

सरकारका प्रवक्ता बाँस्कोटालले विधेयकमा चित्त नबुझेका कुरामा सरोकारवालाहरुसँग छलफल गरिने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *