आज देशका अधिकांश भूभागमा मौसम बदली

काठमाडौं, ३० वैशाख । आइतबारदेखि मुलुकका विभिन्न भागको मौसममा बदली भएको छ । आज देशका अधिकांश भूभागमा मौसम बदली रहने भएको छ । पश्चिम र मध्य तथा पूर्वका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ । 

 

अहिले पोखरादेखि पूर्व जनकपुरसम्म मौसममा बदली भइरहेको र छिट्पुट वर्षा हुने देखिएको छ । यो क्रम मंगलरबारसम्म रहने तर सोमबारको तुलनामा केही कम हुने विभागले जनाएको छ । 

null

महाशाखाका अनुसार सोमबार राति देशभरि आंशिकदेखि सामान्य बदली रहने पश्चिमका पहाडी भूभाग तथा मध्य र पूर्वका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − two =