किन दूध पटक पटक उमाल्नु हुँदैन ?

एजेन्सी । दुधलाई उमालेर खानुपर्छ । ताकि, यसमा भएका सूक्ष्म हानिकारक जीवाणु नष्ट हुन् । तर, दूधलाई पटक–पटक उमालेर खाँदा शरीरका लागि हानिसमेत हुन्छ । 

पौष्टिक तत्व नष्टदूधमा हाम्रो शरीरलाई चाहिने आवश्यक पोषक तत्व हुन्छ । यसमा क्याल्सियम, फोस्फोरस, प्रोटिन, भिटामिन बी–१२, भिटामिन एलगायत स्वास्थ्यवद्र्धक तत्व पाइन्छ । दूधमा हड्डीदेखि दाँत बलियो बनाउनेसम्मका पोषण तत्व पाइन्छ । यदि दूधलाई बारम्बार उमालेर खाएमा यी पौष्टिक तत्व नष्ट हुन्छन् । 

 

null

उमाल्दा यी कुरामा ध्यान दिनेदूधमा भएको पोषक तत्व बचाइराख्न दूधलाई कम उमाल्नतर्फ ध्यान दिन त छँदै छ, यदि दूधलाई उमाल्नैप-यो भने पनि तीन मिनेटभन्दा बढी नउमाल्नुहोस् । उमाल्ने क्रममा डाडु आदि चिजले चलाइराख्न नछाड्नुहोस् । 

कम उमाल्नुहोस्दूध उम्लेको केही क्षणमै चुलोबाट उतार्नुहोस् । एकपटक उमालेपछि फ्रिजमा राख्नुहोस् या एकपटक उमाल्नेबित्तिकै प्रयोगमा ल्याउनुहोस् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *