कक्षा ११ को परीक्षा सुरु, सातदिनदेखि किरियामा बसेका विद्यार्थी परीक्षा दिँदै

काठमाडौं, २९ वैशाख । आजदेखि कक्षा ११ को परीक्षा सुरु भएको छ । आजबाट सुरु परिक्षामा सातदिनदेखि बाबुको किरियामा बसेका अर्घाखाँचीका एक विद्यार्थी सहभागी भएका छन् । छत्रदेव गाउँपालिका – ४, छत्रगञ्ज निवासी स्माइल थापा किरिया बसेकै अवस्थामा परिक्षामा सहभागी भएका हुन् । 

 

सार्वजनिक माविका छात्र स्माइल थापा सूर्यथुम बहुमुखि क्याम्पस परिक्षा केन्द्रबाट परिक्षामा सहभागी भएका हुन् । थापा परीक्षाको तयारी गरिरहेको बेला उनका बिरामी बुबा बिरबहादुरको ४६ वर्षमा निधन भएको थियो । 

null

यसपटक परिक्षा छुटाएमा अध्ययन एकवर्ष ढिला हुने भएकोले किरियामा बसेको भएपनि परीक्षामा सहभागी भएको उनले बताए । परीक्षा केन्द्रले थापालाई परीक्षाका लागि छुट्टै कक्षाकोठाको ब्यवस्था गरेको छ । 

आजदेखि शुरु भएको कक्षा ११ को परीक्षामा देशभरबाट ५ लाख ८ हजार ४ सय ९४ परीक्षार्थी सहभागी भएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्तः मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 5 =