अवैध १६ लाख भारुसहित ५ नेपाली पक्राउ

 

बैशाख ३०, काठमाडौं । अवैध १६ लाख भारुसहित ५ जना नेपाली पक्राउ परेका छन् । 

महानगरीय प्रहरी परिसरको टोलीले ठमेलको ब्लु–मुन होटलबाट प्रतिबन्धित भारु १६ लाख सहित ५ नेपालीलाई पक्राउ गरेको हो । 

null

पक्राउ पर्नेमा दालखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापामगर, धादिङका शम्भु परियार, काभ्रेपलान्चोकका धनध्वज तामाङ र राजेन्द्र घिसिङ रहेका छन् । 

थप अनुसन्धान र कारबाहीका लागि उनीहरुलाई राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *