चोरी स्वीकार नगरेपछी दही चाेर पत्ता लगाउन ६ जनाको डिएनए टेस्ट

 

जेठ १०, काठमाडौं । एक प्याकेट दही चोरी भएको घटनामा ताइवान प्रहरीले ६ जनाको डिएनए टेस्ट समेत गर्नु परेको छ । जबकी चोरिएको दहीको मूल्य दुई सय १७ रुपैयाँ मात्रै थियो । 

ताइवानको एक छात्राको फ्रिजबाट एक प्याकेट दही चोरी भएको थियो । ति छात्राले शंकास्पद ६ जना विद्यार्थीलाई सोधेकी थिइन् । उनीहरुले आफूले नचोरेको बताएपछि छात्राले प्रहरीमा उजुरी गरिन् । 

null

ताइवानी मिडियाका अनुसार, ति छात्राले शंकास्पद ६ जनाका बारेमा पनि प्रहरीलाई जानकारी गराइन् । उजुरी परेपछि प्रहरीले पनि दही चोर्ने पत्ता लगाउन अनुसन्धान शुरु गर्यो । 

प्रहरीले शंकास्पद र अन्य केही विद्यार्थीसँग सोधपुछ पनि गरेको थियो । तर, कसैले पनि आफूले दही चोरी गरेको स्वीकारेनन् । 

दही चोरिएपछि खाली पाकेट सहित ति छात्रा प्रहरी कार्यालय पुगेकी थिइन् । प्रहरीले त्यसका आधारमा ६ जनाको फिङ्गर प्रिन्ट पनि लिएको थियो । तर, कसैको पनि त्यसमा मेल खाएन् । 

त्यसपछि प्रहरीले डिएनए टेस्ट गरेको थियो । डिएनए टेस्टमा भने चोरी गर्ने पत्ता लाग्यो । तर, स्थानीय बासिन्दाले प्रहरीको विरोध गरेका छन् । दुई सय १७ रुपैयाँको दही चोर पत्ता लगाउन हजारौ रुपैयाँ खर्च गरेको उनीहरुको आरोप छ । जबकी ६ जनाको डिएनए टेस्टमा मात्रै ६६ हजार रुपैयाँ खर्च भएको जनाएको छ । यस बाहेक पनि प्रहरीले दही चोर पत्ता लगाउन छानविनमा समय र थुप्रै रकम पनि खर्च गरेको थियो । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *