वन कार्यालयमाका कर्मचारी रंगेहात पक्राउ

बैशाख २६, काठमाडौँ । सेवाग्राहीसँग घुस लिई रहेको अवस्थामा एक कर्मचारी पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा फरेस्टर महेन्द्र बिसी रहेका छन् । उनी रुकुम पश्चिमको चौरजहारीस्थित चौफा सव डिभिजन वन कार्यालयमा कार्यरत फरेस्टर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

उनी सुर्खेतको मुसिकोट नगरपालिका १ कालिका मन्दिर नजिकको विमला खाजाघरबाट घुस रकम रु. ७ हजार सहित रंगेहात पक्राउ परेको अख्तियारले जनाएको छ । 

null

उनले कटान आदेशको काममा सहज गरी दिने भन्दै सेवाग्राहीसँग घुस लिंदै गरेको अवस्थामा अख्तियारको सुर्खेतस्थित कार्यालयबाट गएको टोलीले उनलाई पक्राउ गरेका हुन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *