जेठ १०, काठमाडौं । टिभी सिरियलकी चर्चित अभिनेत्री एवम् दर्शककी फेभरेट टेलिभिजन बुहारीको रुपमा परिचित छिन् श्रीति झा । उनको काम र नाम निकै रुचाइएको छ ।
श्रीतिले कयौँ सिरियल खेलेकी छिन् । तर श्रीतिलाई नाम र प्रसिद्धि भने कुमकुम भाग्यले दिलायो । कुमकुम भाग्य शो ले श्रीतिलाई प्रसिद्धि मात्रै दिएन, दर्शकको घर–घरमा पनि पुर्यायो । उनी दर्शकको फेभरेट नै बनिसकेकी छिन् ।
null
तपाईंलाई थाहा छ, श्रीतिले कुमकुम भाग्यको एक शो बराबर कति लिन्छिन् ? यस सिरियलमा लामो समयदेखि काम गरिरहेकी छिन् । त्यसैले उनले यो सिरियलको एक एपिसोडको लगभग ६० हजार लिन्छिन् । तर श्रीतिको प्रस्तुति र लोकप्रियता हेरी यो निकै कम पारिश्रमिक हो ।