पिता बन्दै कपिल शर्मा !

 

जेठ ६, काठमाडौं । भारतीय हास्य कलाकार कपिल शर्मा पिता बन्दैछन् । 

कपिलले १२ डिसेम्बर २०१८ मा साथी गिन्नी चतरथसँग लगनगाँठो कसेका कपिल पिता बन्न लागेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

null

भारतीय सञ्चार माध्यमका अनुसार कपिलकी श्रीमती गिन्नी चतरथ गर्भवती छिन् । यद्यपी, यसबारे कपिल शर्मा र उनका परिवारले कुनै आधिकारिक जानकारी दिएका छैनन् । 

जालन्धरको सिख परिवारकी गिन्नी र कपिल शर्माको पहिलो भेट २००५ मा भएको थियो । त्यती बेला कपिल २४ र गिन्नी १९ वर्षकी थिइन् । 

कपिल खर्च जुटाउन थिएटरको निर्देशन गर्थे । यसका लागि उनी अलग-अलग कलेज गएर अडिशन लिने गर्थे । 

यही अडिशनका क्रममा कपिल शर्माको भेट गिन्नीसँग भएको थियो । गिन्नीको कामबाट आफू प्रभावित भएको कपिलले बताएका थिए । त्यो बेला गिन्नी रिहर्सलका क्रममा कपिलका लागि घरबाट खाना ल्याएर आउने गर्थिन् । 

अभिनेत्री बन्ने सपना देखेकी गिन्नी चतरथले २००९ मा स्टारवनको स्टैण्ड अप कमेडी कार्यक्रमका क्रममा ‘हँस बलिए’ मा भाग लिएकी थिइन् जसको हिस्सा कपिल शर्मा पनि थिए । उक्त शो पछि गिन्नीलाई पन्जाबी फिल्म र टेलिभिजनमा अफर आयो तर उनले अभिनयभन्दा टाढा रहने फैसला गरिन् ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *