अचम्मकाे क्लव जहाँ हाँस्दा पनी पैँसा तिर्नुपर्ने

बैशाख १८ । हाँसेको पनि पैसा ? हो, जति धेरै हाँस्नुभयो उति धेरै पैसा तिर्नुपर्नेछ । पैसा तिर्नबाट जोगिन हाँसो नलागेको अभिनय गर्न पाउनुहुनेछैन, मेसिनले तपाइँ कत्तिको हाँस्नुभएको छ भित्रैदेखि भन्ने कुरा जाँचिहाल्नेछ र तपाइँको हाँसोको मूल्य तोकिहाल्नेछ । 

 

हाँसेको पनि पैसा तिर्नुपर्ने यो अनौठो नियम हाम्रो देशमा भने होइन । स्पेनको बासिर्लोनास्थित एक कमेडी क्लबले यस्तो नियम बनाएको हो । टिट्रेनु कमेडी क्बलमा एकचोटी हाँसेको ३८ सेन्ट अर्थात् झण्डै ३७ रुपैयाँ तिर्नुपर्छ । 

null

उक्त कमेडी क्लबले आफुकहाँ आएको दर्शकहरुबाट उनीहरुको हाँसो अर्थात् उनीहरुले लिएको आनन्दका आधारमा शुल्क लिन थालेको छ । त्यसका लागि उसले दर्शक दीर्घाका हरेक कुर्सीमा अनुहार चिन्ने प्रविधि जडान गरेको छ । उक्त प्रविधिले कुर्सीमा बस्ने व्यक्तिले कमेडी शो अवधिभर कति पटक हाँस्यो, उसको हाँसोको मात्रा कस्तो थियो वा कत्तिको मज्जाको हाँसो थियो भन्ने कुराको विश्लेषण गरी त्यसको मूल्य निर्धारण गरिदिन्छ । 

कमेडी शो अवधिभर दर्शकको हाँसोको मात्राको आधारमा टिकटको अधिकतम शुल्क ३० डलर सम्म पुग्न सक्छ । तर यसका लागि उक्त दर्शक कुर्सीमा बसेदेखि नउठ्दासम्म मक्त हाँसो हाँसेको हाँस्यै हुनुपर्छ । कमेडी शो हेर्ने दर्शकको हाँसोको आधारमा औषत टिकट शुल्क साढे ७ डलर हुने गरेको छ, यो प्रविधि भित्राएसँगै । 

हाँसेको मात्र पैसा तिर्नुपर्ने र नहाँसेको खण्डमा टिकटको मूल्य तिर्नु नपर्ने लोभमा केही दर्शक हाँस्दै नहाँस्ने बाचा गरेर कमेडी क्लबभित्र छिरेका थिए । तर उनीहरुले हाँसो नलागेको अभिनय गरेपनि अनुहारको हाँसो मेसिनले बुझिहाल्यो र उनीहरुले समेत टिकट शुल्क तिर्नैपर्‍यो । एजेन्सी  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *