‘कान्स फिल्म फेस्टिभल’मा प्रियंकाको सुनौलो गाउन

 

जेठ ७, काठमाडौँ । विश्वकै ठूलो फिल्म महोत्सव अर्थात ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी जनाउन यतीबेला नेपालको नम्बर वान अभिनेत्री प्रियंका कार्की फ्रान्स पुगेकी छिन् । 

‘कान्स फिल्म फेस्टिभल’मा सहभागी जनाउन पाउने उनी प्रथम नेपाली अभिनेत्रीमा पर्छिन् । यो भन्दा अगाडी कुनैपनी नेपाली अभिनेत्रीले यस फेस्टिभलमा सहभागी हुन माैका पाएका थिएनन् । 

null

 

प्रियंकाले फ्रान्सको पेरिसमा जारी ७२ औं संकरणको ‘कान्स फिल्म फेस्टिभल’ सहभागी हुन आफू छनोट हुँदा धेरै खुशी र गौरावन्तित भएको र नेपालको शिर उच्च राख्ने काम गर्ने बताएकी छिन् । 

अभिनेत्री कार्कीले त्यहाँ सम्पन्न हुने थुप्रै कार्यक्रममा सहभागी जनाउने भएकी छिन् । उनले हिजो आयोजना भएको ‘वर्ल्ड पिस नाइट’ कार्यक्रममा सहभागी जनाउँदा सुनौलो कलरको गाउनमा  उनी निकै सुन्दरी देखिएकी थिइन् । 

ज्याक्सन फाउन्डेशनले आयोजना गरेको यस समारोहमा ‘इजिप्टकी महारानी’ पनि उपस्थित रहेको अभिनेत्री प्रियंकाले जानकारी गराएकी छिन् । आज आयोजना हुने रेड कार्पेटमा आफू सहभागी हुने जानकारी गराउँदै आफूले लगाउने पहिरन निकै महत्वपूर्ण रहेको बताएकी छिन् । 

 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *