फोक्सुण्डो खोलको किनारमा एक शव फेला

 

जेठ ७, डोल्पा । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ लामागडास्थित शे–फोक्सुण्डो खोलामा एक व्यक्तिकाे शव खोलाकाे किनारमा ढुङ्गाले छोपेर राखेको अवस्थामा भेटिएकाे छ । 

उक्त शवलाई खोला किनारमा ढुङ्गाले छोपेर राखेको अवस्थामा गोठालाले देखेपछी शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयलाई जानकारी गराएको हो । 

null

फेला पारिएको उक्त शव जुम्ला पातारासी गाउँपालिका–६ का २२ वर्षीय गोपाल विष्टकको रहेको यस निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल खनालले बताएका छन् । 

प्रहरीका अनुसार यस घटनाको जानकारी पाएपछी प्रहरी निरीक्षक शुभराज बमको नेतृत्वमा ९ जनाको प्रहरी टोली घटनास्थानमा पुगी अनुसन्धान गरीरहेको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *