महिलाले पार्किङ स्थलमा बच्चा जन्माएर बर्गर मगाएपछी

 

जेठ १२ ।  एक महिलाले म्याकडोनल्डको कार पार्किङमा बच्चा जन्माएकी छिन् । बच्चालाई जन्म दिएपछि उनले क्वार्टर पाउन्डर नामको ह्यामबर्गर अर्डर गरेकी छिन् । 

महिलाका श्रीमानले आफ्नी श्रीमतीले भर्खरै बच्चालाई जन्म दिएको र श्रीमतीले अर्डर गरेको बर्गर लिन आएको बताएपछि म्याकडोनल्डका कर्मचारी चकित परेका थिए । 

null

म्याकडोनल्डको अष्ट्रेलियाको मेलबर्नस्थित क्रोएडोन शाखाले उनलाई जतिसक्दो छिटो सेवा प्रदान गरेको रिपोर्टले बताएको छ । 

 

नयाँ आमाले एम्बुलेन्स कुरिराख्दा बर्गर खाएको बताइन्छ । 

म्याकडोनल्डका एक कर्मचारीले भने, ‘दिउँसो खाजा खानेबेला उनको अर्डर आएको थियो । उनको श्रीमानले आफ्नी श्रीमतीले भर्खरै बच्चा जन्माएको बताएका थिए ।’ 

‘हामीले उनलाई छिटोभन्दा छिटो सेवा दियौं । हामीले केही पेय पदार्थ र डिनर बक्स पनि उपलब्ध गरायौं ।’ 

‘कार पार्कमा यस्तो घटना हुनु निकै रोचक हो, हामीले कार पार्किङमा गएर हेर्दा उनीहरुलाई एम्बुलेन्समा लैजाँदै गरेको देख्यौं । महिलाको स्वास्थ्य सामान्य भएको स्थिती हेर्दा बुझ्न सकिन्थ्यो,’ उनले भने । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *