‘रातो टिका निधारमा’ साम्राज्ञीको रोमान्स निर्देशकको छोरासँग

  

 

जेठ ६, काठमाडौँ । आईतबार साँझ कमलपोखरी स्थित कुमारी चलचित्र भवनममा नयाँ चलचित्र ‘रातो टिका निधारमा’ को घोषणा कार्यक्रम सम्पन्न गरिएको छ । 

null

यस चलचित्रका निर्देशक अशोक शर्माले चलचित्रको घोषणा कार्यक्रममा चलचित्रका कलाकारको समेत परिचय दिएका छन् । 

यस चलचित्रमाबाट निर्देशक शर्माले आफ्नो छोरा अंकितलाई डेब्यु गराउँने भएका छन् । अंकितले यो भन्दा अगाडी आफ्नो बाबुले नै निर्देशन गरेको चलचित्र ‘जय भोले’ मा बुवा शर्मालाई काम गर्न सघाई सकेका छन् । यस चलचित्रमा मुख्य पात्रमा रहेका अंकितले नायिका साम्राज्ञी राज्यलक्ष्मीसँग रोमान्स गरेको देख्न पाईनेछ । 

उनीहरुका साथै यस चलचित्रमा नीता ढुंगाना, रविन्द्र झा, बुद्दि तामाङ र खुश्बु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी आदी कलाकारको समेत मुख्य भुमिका रहने छ । 

यस चलचित्रको सुटिङ्ग भने  जेठ १० बाट सुरु गरिने निर्देशक शर्माले जानकारी गराएका छन् । चलचित्रको घोषणा कार्यक्रममा कलाकार लक्ष्मी गिरीले कलाकार तथा प्राविधिकलाई ‘रातो टिका’ लगाइ कार्यक्रममा स्वागत गरेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *