निर्वाचन लगतै भारतले ईरानबाट किन रोक्यो तेल आयात ? यस्तो छ कारण

 

जेठ १२, नयाँ दिल्ली । भारतले ईरानबाट कच्चा तेल आयात गर्न बन्द गरेको छ । 

भारतले तेल आयात गर्न बन्द गरेको कुरा भारतका राजदूत हर्ष वर्धनले जानकारी गराएका हुन् । उनले भने, ‘भारतले ईरानका साथै भेनेजुएलाबाट पनि कच्चा पदार्थ खरिद गर्न बन्द गरेको छ ।’ 

null

अमेरिकाले जनवरीमा भेनेजुएलाको कच्चा तेल उत्पादन र बिक्रीमा प्रतिबन्ध लगाएको थियो । त्यहाँका समाजवादी राष्ट्रपति निकोलस मदुरोमाथि सत्ता छोड्न दबाब दिनका लागि अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्पले भेनेजुएलामाथि यो प्रतिबन्ध लगाएका थिए । 

ईरानका साथै २०१५ को एक परमाणु सम्झौताबाट आफूलाई अलग गरेपश्चात् अमेरिकाले उसको विरुद्ध पछिल्लो नोभेम्बरमा कयौँ आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । यद्यपी उसले ८ देशलाई प्रतिबन्धबाट ६ महिनाको छुट दिएको थियो । यस छुटको अवधि २ मे मा समाप्त भइसकेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। अमेरिकाको प्रतिबन्धबाट मिलेको छुटको अवधि यस महिनाको शुरुवातमा सकिए पश्चात्  

यो त्यो देश थियो, जो ईरानबाट सर्वाधिक कच्चा पदार्थ खरिद गथ्र्यो । ती देशमा भारत पनि सामेल थियो । 

राजदूतले भने, ‘अमेरिकाले प्रतिबन्धबाट मिलेको छुटको अवधि बढाउनका लागि इन्कार गरेपश्चात् भारतले ईरानबाट कच्चा तले खरिद गर्न बन्द गरिदिएको हो । अप्रिल अन्तिमसम्म भारतले ईरानबाट खरिद गर्ने कच्चा तेलको मात्रा घटाएर १० लाख टन प्रति महिना गरेको थियो । हामी त्यो बुझ्छौँ कि यो अमेरिकाका लागि एक प्राथमिकता हो, यद्यपी हामीलाई यसमा घाटा भइरहेको छ । हामीले तेलको वैकल्पिक स्रोत खोज्न आवश्यक छ ।’ 

भारतका साथै ग्रीस, इटली, ताइवान र टर्कीले पनि ईरानबाट तेल खरिद गर्न बन्द गरिसकेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *