करिश्माको ‘करिश्मा’ फिल्म र पढाइमा चल्दा राजनीतिमा किन चलेन ?

 

जेठ १४, काठमाडौं । नायिका करिश्मा मानन्धरसँग डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा प्रवेश गर्दा जुन उत्साह थियो, उमंग थियो, अहिले सिद्धिएको छ । नेपाली रजतपटकी सदाबहार नायिका करिश्मालाई राजनीति फापेन । 

नयाँ शक्ति पार्टी र उपेन्द्र यादवको संघीय समाजवादी फोरमबीचको एकतापछि गुमनाम भएकी करिश्माले अन्ततः पार्टी परित्याग गरेको घोषणा नै गरिन् । 

null

उनले सुरुमा डा. बाबुराम भट्टराईलाई आइडल मानेकी थिइन् । नयाँ शक्तिमा गएकी करिश्मालाई डा. भट्टराईले सुरुमा राम्रै स्थान दिए । सात कक्षा अध्ययन गर्दागर्दै नेपाली चलचित्रमा आएकी करिश्माले तीन दशक नेपाली चलचित्रको बिँडो नै थामिन् । सन्तानबाट नेपाली रजतपटमा पर्दापण गरेकी करिश्मा आज साढे चार दशकको उमेरमा ‘जात्रैजात्रा’ फिल्ममा नाच्दा उस्तै देखिन्छिन् । करिश्माको ‘करिश्मा’ फिल्ममा चलेपनि राजनीतिमा चल्न नसक्नुमा उनको कुनै दोष छैन । नयाँ शक्तिले करिश्मालाई जीवनको नयाँ उचाई दिएको छ । 

पढ्दा पढ्दै कलाकारितामा आएकी करिश्माले छुटेको पढाइलाई नयाँ शक्तिमा आएपछि मात्रै पुरा गर्ने अठोट गरेकी हुन् । जतिबेला दशरथ रंगशालामा नयाँ शक्ति पार्टीको घोषणा हुँदैथियो, करिश्माले नै कार्यक्रम सञ्चालन गरिन् । टुटेफुटेको अंग्रेजी उच्चारण गर्दै आतिँदै करिश्माले सम्बोधन गर्दा प्रोत्साहन गर्ने भन्दा उछितो काढ्ने धेरै भए । तथापि, नेपाली चलचित्रमा लाइमटाइममा रहेकी करिश्मासँग आलोचना पचाउन सक्ने धैर्यता र शहनशीलता थियो । 

‘करिश्माले नयाँ शक्तिबाट बुझिन् । उनी भोकभोकै गाउँगाउँमा पार्टीको अभियानमा हिँडिन् । मेकपले भरिएर एसियुक्त गाडीमा सवारी गर्ने करिश्मा एउटै लुगामा विना मेकअप हप्तौं गाउँघर डुलिन् । भोक प्यास, निन्द्रा, जाडो गर्मी, मिठो नमिठो केहि भनिनन् । सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपमा पछि परेका महिलाका जिवनचक्र बुझिन्’  

‘हिँड्ने मान्छे लड्छ’ भने जस्तै नयाँ क्षेत्रमा पाइला हाल्दा एकै पल्ट सफलता हासिल हुँदैन । राजनीतिमा उनको प्रवेश नयाँ नै थियो । आफ्नै लगानीमा बनाएको चलचित्र ‘बाबुसाहेब’ असफल भएपछि केहि समय चलचित्र क्षेत्रबाट विश्राम लिएर अमेरिका हानिएकी करिश्माले त्यहाँ धेरै संघर्ष गरिन् । करिब ६ वर्षको संघर्षपछि उनी नेपाल आइन, मनमा नयाँ उमंग, उत्साह लिएर । नेपाल आउने बित्तिकै सामाजिक काम सँगै कलाकारितामा पुनः प्रवेश गरेकी करिश्माको मनमा पुनः फिल्म बनाउने हुटहुटी थियो । फागु फिल्म निर्माण गरिन् तर, आशातित सफलता हात परेन । 

 

तैपनि हतास नभएकी करिश्माले त्यसपछि राजनीति गर्ने अठोट गरिन् । सुरुदेखि नै डा. बाबुराम भट्टराईको व्यक्तित्वबाट प्रभावित उनी नयाँ शक्तिमा प्रवेश गरिन् । करिश्माले राजनीतिमा पाइला चाल्दा उनलाई हौस्याउने भन्दा खिस्याउने धेरै भएपनि जीवनका उकाली ओरालीमा आइपरेका व्यवधानलाई पन्छाउँदै सफलताको शिखरमा चढेकी करिष्मा सानातिना खिस्यौलीले कत्तिपनि विचलित भइनन् । 

राजनीतिमा समय दिन थालेपछि करिश्मा कलानगरीबाट थोरै टाढिइन् । तर, कलाकारिताले नदिएको शिक्षा भने पाइन् । नयाँ शक्तिमा लागेसँगै डा. भट्टराईले सुरुमा करिष्मालाई पार्टीका हरेक गतिविधिमा संलग्न गराए । राजनीति के हो ? किन गरिन्छ ? नेपाली जनता विच आर्थिक, सामाजिक विभेद किन छ, गाउँ र शहरबीचको भिन्नता के हो ? 

करिश्माले नयाँ शक्तिबाट बुझिन् । उनी भोकभोकै गाउँगाउँमा पार्टीको अभियानमा हिँडिन् । मेकपले भरिएर एसियुक्त गाडीमा सवारी गर्ने करिश्मा एउटै लुगामा विना मेकअप हप्तौं गाउँघर डुलिन् । भोक प्यास, निन्द्रा, जाडो गर्मी, मिठो नमिठो केहि भनिनन् । सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपमा पछि परेका महिलाका जिवनचक्र बुझिन् । महिला हिंसाका विभिन्न रुपलाई केलाइन् । गोर्खाका अनकन्टार गाउँमा एक सरो लुगामा वर्षदिन कटाउने, एक गाग्रो पानीका लागि चारघण्टा उकाली ओराली गर्ने महिला देखेपछि करिश्मालाई फिल्म क्षेत्र र अमेरिकामा गरेको संघर्ष फिक्का लाग्यो । सात कक्षा पढ्दै गरेर सिने नगरीमा आएकी करिश्माले नयाँ शक्तिबाट जिवनकै नयाँ शिक्षा पाइन् । 

 

करिश्माको सुन्दरताको जतिले बयान गर्दथे अगाडी बाट । उनका पछाडी ‘अनपढ’ भनेर कुरा काट्नेहरु उनकै जुठो खाएर कलाकारितामा आउने थिए । बाल्यकालमा गरिबीबाट बाहिर निस्कन करिश्माले पढाईलाई तिलाञ्जली दिएपनि उनको मनमा पढ्न नसकेको प्रति एक प्रकारको अमिलो थियो । कुनै दिन पढ्न पाए पढ्छु भन्ने थियो । अमेरिकामा रहँदा त्यहाँको सिष्टम, शिक्षाले करिश्मालाई पढ्नुपर्ने रहेछ भन्ने अझ हुटहुटी बढ्यो । अनि त्यहि हुटहुटी पुरा गर्न अमेरिकाको विलाशीलता त्यागेर स्वदेश फर्किइन् । र, पुनः कलाकारिता सुरु गरिन् । जसै नयाँ शक्तिमा प्रवेश गरिन् पढ्ने चाहना बढ्न थाल्यो । उनलाई डा. भट्टराईले पनि प्रेरित गरे । 

श्रीमान विनोद मानन्धरले करिश्माको चाहनालाई निमोठ्ने कुरा भएन । त्यसमाथि छोरी कवु (कविता) ले समेत हौस्याएपछि साढे ४ दशकको उमेरमा को दशकमा करिश्माले स्कुलको ड्रेस पुनः लगाइन् । वर्षोंदेखि उकुसमुकुस भएको पढ्ने चाहना पद्मोदय माविको कक्षा कोठामा छताछुल्ल पारिन् । 

यदी उनी नयाँ शक्तिमा नलाग्दी हुन् त उनको राजनीतिक चेतना बढ्ने थिएन । नत पढ्नुपर्छ भन्ने हुटहुटी नै जाग्थ्यो । राजनीतिले लाग्दा मानिसलाई आत्मविश्वासी बनाउँछ । आलोचना सहन सक्ने बनाउँछ । करिश्माले नयाँ शक्तिबाट त्यो पनि सिकिन् । अहिले करिश्माले साढे चार दशकको उमेरमा स्कुल गएको देखेर उनकै पदचापमा हिँड्ने आमा दिदिबहिनीहरु धेरै छन् । गाउँघरमा प्रौढ कक्षा पढ्नेहरु बढेका छन् । 

स्कुल पढ्दा पढ्दै चलचित्र अभिनयमा होमिएपछि उनको पढाइ रोकिएको थियो । उनले अहिले त्यही पढाइ अगाडि बढाइरहेकी हुन् । उनी एसईएई पछि पनि आफ्नो पढाइलाई रोक्ने पक्षमै छैनन् । बाँचुन्जेल पढिरहने दृढता उनमा छ । उनलाई पढाइ अगाडि लैजान इखले पनि काम गरिरहेको छ । ‘पढ्न उमेर कहिल्यै पनि बाधक होइन’ भन्ने भनाइलाई करिश्माले सार्थक बनाइन् । 

उमेरले साढे ४ दशक वर्ष पुगेकी लागेकी करिश्माले आफूभन्दा दुई गुना कम उमेरका स्कूले विद्यार्थीहरूसँगै बसेर एसईई दिइन् । समाजका धेरै मानिसका लागि यो ठुलो पाठ हुन सक्छ । 

पैसा, ख्याती र वृत्ति विकासकै कोणबाट हेर्दा करिश्मालाई एसईई दिनुपर्ने कुनै आवश्यकता देखिँदैन । तथापि उनी यो उमेरमा निसङ्कोच स्कूले विद्यार्थी बन्नुले शैक्षिक योग्यता जागिर खान, पैसा कमाउन मात्र होइन भन्ने सन्देश दिएको छ । यसबाट धेरै नेपाली महिला र पुरूषलाई पढ्न उत्साहित भएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *