काे हुन् यी बालिका जाे घोडा चढेर स्कुल जाने आउँने गर्छिन्

 

जेठ ६ ।  स्कूलको आफ्नो दिन कसलाई याद हुँदैन र ? तपाई हामी पनि हिँडेर या बस, मोटरसाइकल वा साइकल चढेर स्कूल गएका छौ। अहिले पनि यस्तै नै छ। तर भारतकी एक विद्यार्थी दिनहुँ घोडा चढेर स्कूल जान्छिन्। हावाको गतिमा दौडी रहेको छ, घोडा अनि यस माथि सवार छिन् एक स्कूलकी छात्रा। 

केही दिन अगाडी देखि यो भिडियोलाई सामाजिक संजालमा निकै हेरिएको छ । यि छात्राको नाम सिए कृष्णा हो । केरेलाको एक स्कूलमा १० कक्षामा अध्ययन गर्दै गरेकी यि छात्रा आफ्नो बोर्डको परिक्षा दिनको लागि घोडा चढेर स्कूल तर्फ लागि रहेको यो भिडियोले हर कोहीको ध्यान तानेको छ । 

null

कृष्णाको स्कूल र घरबीच करिब साढे तिन किलोमिटरको दुरी छ । यो दुरी पार गरेर स्कूल जान र फर्किन उनी घोडाको सवारी लिन्छिन् । सानै उमेरमा यसरी घोडदौडमा यिनको रुचि थियो । कृष्णाका पिता पुजारी हुन् । 

पिताले कृष्णालाई ११ वर्षको उमेरमा पहिलो घोडा उपहार दिएका थिए भने दोस्रो घोडा १० कक्षामा जादै गर्दा पाएकी थिइन । उनी सँग अहिले दुई वटा घोडा छन् । कहिले काहीँ र विशेषगरी परिक्षाको दिनहरुमा उनी घोडा चढेर थ्रीसूर सहरको बाटो तूफान जसरी स्कूल पुग्ने गर्छिन् । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *