राजा वीरेन्द्रको जग्गा विवाद संसदमा

 

जेठ ८, काठमाडौं । नेपाली कांग्रेसकी सांसद मिना सुब्बाले राजा वीरेन्द्र र उनका परिवारको नाममा रहेको जग्गा विवादबारे संसदमा सरकारको ध्यानाकर्षण गराएकी छिन् । 

बुधबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांस सुब्बाले राजा वीरेन्द्रका र उनका परिवारका नामका २१, ५२१ रोपनी जग्गा लथालिङ्ग भएको भन्दै यसलाई व्यस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् । 

null

संसदमा उनले भनिन्, ‘देशमा चौतर्फी भ्रष्टाचार मौलाउँदै गएको छ । राजा विरेन्द्र र उनका परिवारका नामका जग्गा २१, ५२१ रोपनी लथालिङ्ग अवस्थामा छ । यो अवस्थामा बहुमतको सरकार निरिह भएर हेरिरहेको छ ।’ 

यस्तै उनले ट्रष्टका सम्पत्ति चल्तीका मूल्य भन्दा ज्यादै सस्तोमा दिइएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सरकारले नै भ्रष्टाचारलाई मलजल गर्न खोजेको आरोप लगाइन् । 

‘काठमाडौं भित्रका ऐतिहासिक महंगा सम्पत्ति निजी संस्थाले सस्तो भाडामा लिएका छन् । गोकर्ण रिसोर्ट, टेकुमा रहको काठमाडौं बिजनेश पार्क, कमलादीको प्लाजा लिजमा दिइएको छ । यस्तो भ्रष्टाचार हुँदा पनि बहुमतको हेरिरहनु भनेको भ्रष्टाचार मौलाउन दिनु हो’, सांसद सुब्बाले भनिन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *