भोको बसे फोन गर्नुस् भन्ने सरकारले सुरक्षा नै दिन सकेनः सांसद

 

जेठ १३, काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद ज्ञान कुमारी छन्त्यालले सरकारले जनतालाई सुरक्षा दिन नसकेको आरोप लगाएकी छिन् । 

संसदको शून्य समयमा बोल्दै सांसद छन्त्यालले ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारा रट्ने सरकारले जनतालाई सुरक्षा दिन नसकेको आरोप लगाएकी हुन् । 

null

‘जनता एकछाक भोको बस्नु पर्दैन, भोको बसे फोन गर्नु भन्ने सरकारले जनताको सुरक्षा दिन सकेको छैन । दिउँसै बम पड्कीरहेको छ । सर्वसाधारणको मृत्यु भइरहेको छ’, सांसद छन्त्यालले भनिन् । 

यस्ता क्रियाकलाप रोक्न उनले सरकारको ध्यानाकर्षण गराइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =