‘नेता विशेषको बनेर पार्टीभित्र असहयोग गर्नेलाई ठेगान लगाउनुपर्छ’

 

जेठ १२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र असहयोग गर्ने कार्यकर्तालाई ठेगान नलगाई कांग्रेस बलियो हुन नसक्ने धारणा राखेका छन् । 

राष्ट्रिय जागरण अभियान अन्तर्गत आइतबार काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो धारणा राखेका हुन् । 

null

‘कांग्रेसको कार्यकर्ता हुँ भन्ने, तर अनुशासनमा नबस्ने । कुनै नेता विशेषको बनेर पार्टीभित्र असहयोग गर्नेहरुलाई ठेगान लगाउनै पर्छ । यीनीहरुलाई ठेगान नलगाए सम्म पार्टी बलियो हुन सक्दैन’, नेता सिंहले भने । 

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले पद ओगटेका व्यक्तिहरुले पार्टी र संगठनको काम झारा टारेजस्तो गरी गरिरहेको भन्दै असन्तुष्टि पाखे । 

पार्टीप्रति असन्तुष्टि पाखेका नेता सिंहले प्रधानमन्त्री र सरकारको पनि आलोचना गरे । प्रधानमन्त्री केपी शर्मा ओलीमा अहंकार बढेको आरोप लगाउँदै उनले भने, ‘प्रधानमन्त्रीमा दम्भ र अहंकार बढेको छ । संविधान केही होइन, अब म जे बोल्छु त्यही नै सबैले मान्नुपर्छ भने जस्तोगरी प्रस्तुत हुनु अशोभनीय छ ।’ 

प्रधानमन्त्री ओलीले आफूलाई नसच्याए जनतासँगको भावनात्मक सम्बन्ध टुट्ने र अहंकार पनि अन्त हुने उनले चेतावनीसमेत दिए । 

तत्कालीन सरकार वाइडबडी, ३३ किलो सुन प्रकरण, एनसेल लगायतका काण्डै काण्डमा फसेको भन्दै उनले सरकारबाट कुनै आश गर्न नसकिने स्पष्ट पारे । उनले अब सरकारको गतिविधिविरुद्ध सडकदेखि सदनसम्म सशक्त रुपमा उत्रिने बेला आएकाले एक भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =