सलमानलाई कटरिनाको प्रेम प्रस्ताव, के जवाफ दिए सलमानले ?

 

जेठ १२, नयाँ दिल्ली । सलमान खान आफ्नो चलचित्रका साथ साथै बिवाहका कारण पनि चर्चामा छन् । किनकी उनलाई हरकोहीले ‘विवाह कहिले गर्ने ?’ प्रश्न सोध्न कहिल्यै छुटाउँदैनन् । 

तर सलमानलाई अब यसको जवाफ दिन जरुरी छैन । किनकी सलमानसँग विवाह गर्नका लागि प्रपोजल आएको छ । 

null

हो, सलमान खानलाई विवाहको प्रपोजल कटरिनाले दिएकी हुन् । तर रियल लाईफमा होइन, रिल लाइफमा । वास्तवमा सलमान खान र कटरिना आफ्नो चलचित्र भारतको प्रमोशनमा व्यस्त छन् । यस चलचित्रको प्रमोशन मिडियादेखि सामाजिक सञ्जालसम्म जारी छ । 

यस्तैमा फिल्मको एक भिडियो क्लिप सामाजिक सञ्जाल ट्वीटरमा निर्देशक अली अब्बासले  सार्वजनिक गरेका छन् । उक्त भिडियोमा कटरीना सलमानसँग विवाहको प्रस्ताव राख्छिन् । 

The proposal ….@Bharat_TheFilm pic.twitter.com/1BCvPSirUe 

भिडियोमा कटरिनाले सलमानलाई भनेकी छिन्, ‘मेरो विवाहको उमेर भइसकेको छ । मलाई तिमी निकै मन पर्छ । भन, विवाह कहिले गर्ने हो ?’ कटरिनाको यस प्रस्तावमा सलमान मात्र म्याडम, सर म्याडम सर भन्दै लजालु भावमा देखिन्छन् । 

सलमान र कटरीनाको भारत ५ जूनमा रिलिज हुँदैछ । यस चलचित्रमा सलमान र कटरिनाका साथै तब्बू, ज्याकी श्राफ, दिशा पाटनी, नोरा फतेही र सुनिल ग्रोवरको मूख्य भूमिका रहेको छ । 

सलमान खानले आफ्नो अर्को चलचित्र दबंग ३ को पनि शूटिङ्ग सुरु गरिसकेका छन् । यो चलचित्र यस वर्षको अन्तिममा रिलिज हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *