क्रिकेट रंगशालाप्रति चासो वढ्दै, प्राधिकरणका निर्देशक घिसिङद्वारा निर्माास्थलको निरीक्षण

 

जेठ १३ चितवन । चितवनको भरतपुर १५ रामपुरमा निर्माणाधीन गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले सोमवार निरीक्षण गरेका छन् । 

धुर्मस सुन्तली फाउण्डेशनको नेतृत्वमा निर्माणाधिन रंगशालाको प्रगतिकाबारे प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक घिसिङले जानकारी लिए । धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले रंगशाला निर्माणका बारेमा घिसिङलाई जानकारी गराएका थिए । 

null

अध्यक्ष कट्टेलले डीपीआर निर्माण हुनु अगाडीका प्रारम्भिक चरणका कामहरु तीव्र गतिमा अघि बढाइएको वताए । रंगशाला निर्माणस्थलको कम्पाउण्ड घेर्ने, गोदाम तथा आवास भवन निर्माण, रंगशालास्थलमा भएका रुखहरु हटाउने, जरा उखेल्ने, ग्रेडिङ गरेर सम्याउने, डीपीआरलगायतका कामहरु अघि बढिरहेको कट्टेलले बताए । 

रंगशालास्थल निरीक्षणपछि कुरा गर्दै विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणमा सबै नेपालीहरूले आ-आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने बताए । 

घिसिङले फाउण्डेशनका अध्यक्ष कट्टेलसँग रंगशाला निर्माणका लागि आवश्यक पर्ने विद्युत, ट्रान्सफर्मर, सबस्टेशन निर्माणमा प्राधिकरणले खुल्ला हृदयका साथ सहयोग गर्ने वचनवद्धता गरेका छन् । 

रामपुरमा २० बिघा ६ कठ्ठा क्षेत्रफलमा निर्माण भइरहेको सो रंगशालामा पिच निर्माणका लागि काम सुरु गरिएको छ । रंगशाला निर्माणमा ३ अर्व रुपैया खर्चिने योजना छ । पिच निर्माणका लागि खाल्डो खनेर माटो पेल्ने काम भइरहेको कट्टेलले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *