विष्णु पौडेल भ्रष्टाचारी भन्दै कांग्रेसले छर्यो पर्चा

 

जेठ १३, काठमाडौं । बुटवलमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल भ्रष्टाचारी भएकाे भन्दै पर्चा छरिएको छ । 

बालुवाटार जग्गा प्रकरणमा मुछिएका महासचिव पौडेल भ्रष्टाचारी भन्दै नेपाली कांग्रेस बुटवल नगरसमितिका सभापति तथा बुटवल उपमहानगरपालिकाका प्रमुखका उम्मेदवार खेलराज पाण्डेको नेतृत्वमा बुटवल मण्डपमा पर्चा छरिएको हो । 

null

महासचिव पौडेल सोमबार बुटवलमा बन्न लागेको प्रदर्शनी केन्द्रको उद्घाटन गर्न बुटवल आएका बेला पौडेललाई कारबाही हुनुपर्ने भनेर पर्चा छरिएको बताइएको छ । 

बुटवलको रामनगरस्थित बुटवल मण्डपको ६.४ बिघा क्षेत्रफलमा एक अर्ब २ करोड लागतमा ‘बुटवल प्रदर्शनी केन्द्र’ बन्दै छ । 

२७ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको प्रदर्शनी केन्द्र निर्माणका लागि ग्लोबल टेण्डर मार्फत् क्यापासिट इन्फ्रा प्रोजेक्ट्स–गौरी पार्वती जेभी कम्पनीले ठेक्का लिइसकेको छ । 

प्रदर्शनी केन्द्रमा ८ सय वटा स्टलहरु रहनेछन् । एक पटकमा १० हजार जनाले अवलोकन गर्ने सक्ने ठाउँ राखेर ८ सय वटा स्टल बनाउन लागिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + two =