बलिउड स्टार अजय देवगनको छोरी ट्रोलको शिकार

 

जेठ १५, भारत । बलिउडका हस्ति हुन वा उनीहरुका छोराछोरी केही न केही कारणले ट्राेल  बनि रहेका हुन्छन् । 

यसै सन्दर्भमा अहिले समाजिक सञ्जालभरी ट्रोल बनी रहेकी छिन् बलिउड स्टार अजय देवगन र कजोल देवगनकी एकमात्र छोरी न्यासा देवगन । 

null

न्यासा आफ्नो हजरबुवाको निधन भएको दुई पनि बित्न नपाउँदै सैलुनमा कपाल काट्न पुगेपछी उनी ट्रोलको शिकार बन्न पुगेकी हुन् । 

 

मंगलबार खैरो कार्गो पाईन्ट, सेतो टप र सेतो स्निकर्समा मुम्बईस्थित एक सैलुनमा कपाल काटेर निस्किएपछि खिचाएको फोटो र भिडियो भाइरल भएपछि उनी ट्रोलको शिकार भइन् । 

उक्त भिडियो तथा तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भएपछी उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘हजुरबुवाको निधन भर्खरै भएको छ तरपनि कपाल काट्न हिँडिन्’ भन्दै कमेन्ट समेत गरेका छन् । 

 

 

 

उक्त भाईरल तस्विर तथा भिडियोमा उनी क्यामेरालाई हेर्दै हाँसी रहेकी दृश्य कैद भएको देख्न सकिन्छ । उनका हजुरबुवा अर्थात नायक देवगणका पिता विरु देवगन एक चर्चित निर्देशक थिए । उनको निधन  दुइ  दिन अघी मे २७ मा भएको हो । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *