पूर्व मिस नेपाल अश्मिले सार्वजनिक गरिन् आफ्नो प्रेमी

 

जेठ ९, काठमाडौँ । पूर्व मिस नेपाल अश्मि श्रेष्ठले आफ्नो प्रेमी समाजिक सञ्जाल ईन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी छिन् । 

उनका प्रेमी भारतीय गायक सनम पुरी रहेका छन् । उनले सनम र आफ्नो  एक फोटो सामाजिक सञ्जाल ईन्स्टाग्राममा सेयर गर्दै आफु सनमकाे प्रेम रहेकाे खबर सावजनिक गरेकी हुन् । 

null

 

उनले उक्त सेयर गरेको फोटोको क्याप्सनमा लेखेकी छिन्, ‘यो मिठो सुरुवात मात्र होइन, यसपछिका थप मिठा पलहरुका लागि पनि ।’ 

उता उनकी प्रेमी भनिने चिनिने भारतिय गायक सनमले पनी आफ्नो इन्स्टाग्रामको अकाउण्डमा उक्त फोटो सेयर गरेका छन् । गायक सनमले आफ्नो सम्बन्धलाई आधिकारिक बनाउनका लागि त्यही फोटो एकै समयमा सेयर गरेका हुन् । 

 

उक्त सार्वजनिक गरिएको फोटोमा यी दुई जोडी एकअर्काको मायामा निकै खुशी भएको देखिन्छ । केही वर्ष अघी बिभिन्न मिडियाले अश्मिको पाइलट सृजन मानन्धरसँग प्रेम सम्बन्ध रहेको खवरहरु बाहिर ल्याएका थिए । सृजन मानन्धर गोमा एयरका को पाइलट थिए र उनको २०७४ मा लुक्लामा हवाई दुर्घटनामा परी निधन भएको थियो । 

अश्मि र सनमका जोडीलाई उनीहरुका फ्यानहरुले निकै रुचाएका छन् । उनका फ्यानहरुले उक्त सेयर गरिएको फोटोमा यी दुईको निकै प्रसंसा गर्नुको साथै शुभकामना समेत दिएका छन् । 

अश्मि सन् २०१६ की मिस नेपाल हुन् । उनका प्रेमी सनमले केही समय अगाडी मात्र नेपाल आएर लाइभ कन्सर्ट गरेका थिए । विशेषगरी सानमले गाएका पुराना गीतको कभर निकै चर्चित बनेका छन् ।  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *