बागलुङमा वर्षापछि बाढी, ३ परिवार विस्थापित

 

                                                                                         फाइल तस्विर 

बैशाख ३१, बागलुङ । बागलुङ जिल्लामा आएको भीषण बाढीले घर पुरिँदा ३ परिवार विस्थापित भएका छन् । 

null

सोमबार साँझ परेको वर्षापछि आएको बाढीले जिल्लाको बडिगाड गाउँपालिका–६, खालका ३ परिवार विस्थापित भएका हुन् । 

घ्वाङ्ग खोलाको भलसहितको बाढीले स्थानीय गोठे सार्की, गोपाल श्रेष्ठ र गंगा सार्कीको परिवार विस्थापित भएको हो । उनीहरुको घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त भएको बडिगाड–६ का वडाध्यक्ष मौसमकाजी क्षेत्रीले जानकारी दिए । 

विस्थापित तीन परिवारलाई सुरक्षित स्थान सारिएको छ । 

बाढीले दुई घण्टा मध्यपहाडी लोकमार्ग समेत अवरुद्ध भएको थियो । अहिले भने सडक खुलाइसकिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *