श्वास गन्हाउँने समस्याबाट चिन्तामा हुनुहुन्छ ? त्यसो भए यसो गर्नुहोस्

बैशाख २६ । श्वास गन्हाउने धेरै मानिसको समस्याको विषय भएको छ । यसबाट मानिसले मुक्ति पाउँन धेरै उपायहरु पनी अपनाउने गरेको पाईन्छ तर फाईदा भने केही भईरहेको हुँदैन । यसरी श्वास गन्हाउदा अरुको अगाडी लज्जित भएको अवस्था धेरै मानिसले भोग्नु परेको पनि छ । दुर्गन्धित श्वासले तपाईंलाई मात्र होइन, तपाईं वरपर बस्ने सबैलाई नै नकरात्मक असर पारी रहेको हुन्छ । 

 

विशेष गरी श्वास तपाईंको मुखभित्र ब्याक्टेरिया भएमा गन्हाउँछ । यी ब्याक्टेरिया मुखभित्र रहेर अन्य ब्याक्टेरिया उत्पादन गर्नुका साथै निरन्तर दुर्गन्ध छाडेका हुन्छन्, जसले गर्दा हाम्रो श्वास गन्हाउँने हुन्छ । केही यस्ता उपायहरु तल दिएको छ जसले तपाई लाई श्वास गन्हाउँने समस्याबाट मुक्त दिन्छ । 

null

 – श्वास गन्हाउने समस्या भएमा दिनमा दुई पटकसम्म दाँत माझ्नुहोस् । विहान उठ्नेबित्तिकै र बेलुकी खाना खाएपछि । 

– ताजा श्वासका लागि दैनिक फ्ल्स लिनुहोस । नियमित फ्ल्स लिँदा दाँतभित्र अड्किएका र मुखमा टाँसिएका तथा लुकेका खाद्यान्न र कतिपय अवस्थामा व्याक्टेरिया समेत मुखबाहिर फाल्न सहयोग पुग्छ र तपाईको श्वास गन्हाउँदैन 

– सकभर नुनिलो टुथपेस्ट प्रयोग गर्नुहोस् । यस्ता टुथपेस्ट दाँतलाई बचाउने मात्र होइन, मुखको दुर्गन्ध पनि हटाउन सहयोगी गर्दछ । 

– पर्याप्त पानी पिउनुहोस् । मुख सुख्खा भयो भने पनि श्वास गन्हाउँछ । बिहान उठ्नेबित्तिकै ताजा र चिसो पानी पिउनुहोस् । 

– पर्याप्त दही खाने गर्नुहोस । दहीले नराम्रो व्याक्टेरिया मारिदिने भएकाले खाना खाइसकेपछि नियमित दही खाँदा पनि गन्हाउँने श्वासबाट मुक्ति मिल्छ । 

– श्वासलाई स्वच्छ बनाउन चुइगम, सुकमेललगायतका चिज पनि चवाउन सकिन्छ । 

– यदी गर्दा पनी तपाईको श्वास गन्हाउँन रोकिन भने एकचोटी दन्त चिकित्सकलाई देखाउनु होस्। 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *