मोदीको निम्तामा प्रधानमन्त्री ओली दिल्ली जाँदै

काठमाडौं, १६ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार भारतको औपचारिक भ्रमणमा जान लागेका छन् । नेपाल एयरलाइन्सको विमानमार्फत दिउँसो एक बजेर ३५ मिनेटमा दिल्लीको लागि प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधामन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओली शुक्रबार साँझ साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ । 

 

भारतीय प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालको सपथका कार्यक्रममा सहभागी हुन ओली २८ घण्टाका लागि दिल्ली जान लागेका हुन् । दोस्रो कार्यकालका लागि मोदीले बिहीबार पद तथा गोपनियताको सपथग्रहण गर्ने कार्यक्रम रहेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले राष्ट्रपति भवनमा सपथग्रहणको कार्यक्रम तय भएको जानकारी दिएका छन् । उनका अनुसार सपथग्रहण कार्यक्रममा बिम्सटेक राष्ट्रका सरकार प्रमुखहरुलाई अतिथिको रुपमा आमन्त्रण गरिएको छ । 

null

बिम्सटेक राष्ट्रमा नेपाल र भारतसहित बंगलादेश, म्यान्मार, श्रीलंका, थाइल्याण्ड र भुटान रहेका छन् । गएको अगस्टमा नेपालमा विमस्टेक सम्मेलन भएको थियो । हालै सम्पन्न भारतीय लोकसभा निर्वाचनमा मोदीको पार्टी भारतीय जनता पार्टीले बहुमत ल्याएपछि मोदी फेरि दोस्रो कार्यकालको लागि प्रधानमन्त्री बन्न लागेका हुन् । भाजपाको विजयसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले मोदीलाई बधाई दिएका थिए । 

‘लोकसभा निर्वाचनमा उत्साहजनक नतिजा हासिल भएकोमा म प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक बधाई दिन चाहन्छु’, ओलीले ट्वीटरमार्फत भनेका थिए, ‘पूर्ण सफलताका साथै आगामी दिनमा तपाईँसँग मिलेर कामगर्न तत्पर छु ।’ 

यस्तै ओलीले फोन गरेर पनि मोदीलाई नयाँ कार्यकालको सफलताको कामना गर्दै शुभकामना दिएका थिए । भारतीय पक्षले सपथ ग्रहणमा बोलाएसँगै बालुवाटारले दिल्ली जाने तयारी गरेको थियो । दिल्लीमा रहँदा ओलीले मोदीसँग विशेष भेटवार्ता गर्नेछन् । यस्तै अन्य राजनीतिक भेटवार्ता पनि गर्ने बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *