कन्काई पुलमा अज्ञात समूहले राखेको बम डिस्पोज
२०७६ वैशाख २९ गते

काठमाडौं, २९ वैशाख । झापास्थित महेन्द्र राजमार्गमा पर्ने कन्काई पुलमा अज्ञात समूहले राखेको बम नेपाली सेनाले डिस्पोज गरेको छ । कन्काई पुलको पूर्वी भागमा राखेको बम नेपाली सेनाको २१ नम्बर बाहिनीको टोलीले आइतबार बिहान डिस्पोज गरेको हो ।
पुलमा प्रेसरकुकर बम राखिएको प्रहरीले बताएको छ । पुलको छेउमा बम भेटिएपछि केहीबेर सवारी साधन अवरोध भएका थिए । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बम राखेको हुन सक्ने प्रहरीको आशंका छ ।
null
२०७६ वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित








