राज सिग्देलको ‘हिम्मत’ सार्वजनिक (भिडियाेसहित)
२०७६ वैशाख २८ गते

बैशाख २७, काठमाडौं । गायक राज सिग्देल फरक शैलीका गीत गाउँछन् । उनले गाएका गीतमा पीडा बढी मिसिएको हुन्छ । उनै राज सिग्देलको आवाजमा समावेश ‘हिम्मत’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
वीवी थापाको शब्द रहेको गीतमा दिपक सिलवालको संगीत छ । गीतमा एक यूवतीले माया जालमा फसाएर धोका दिएपछि केटाले पोखेको पीडालाई देखाउन खोजिएको छ ।
null
गीतको भिडियोमा छायांकन, सम्पादन र निर्देशन जीवन रसाइलीको छ । हरि खड्का, कल्पना गैरे र रविन लामिछाने फिचर्ड छन् । मोडल हरि रियल अष्ट्रेलियामा रियल स्टेट व्यापारमा सफल मानिन्छन् ।
भिडियोको छायांकन अष्ट्रेलियामा गरिएको हो ।
२०७६ वैशाख २८ गते
प्रतिक्रिया
सम्बन्धित








