फेरि आन्दोलन गर्ने दिन आउन सक्छ, तयार रहनुस्ः सभापति देउवा

 

जेठ १५, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लोकतन्त्रमाथि आक्रमण सुरु गरेको बताएका छन् । 

गणतन्त्र दिवसको अवसरमा बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रमाथि आक्रमण सुरु गरेको बताएका हुन् । 

null

कार्यक्रममा उनले भने, ‘कांग्रेस लोकतन्त्रको रक्षा गर्ने पार्टी हो । लोकतन्त्रका लागि निरन्तर रुपमा लड्दै आएको छ । हिजो पनि संघर्ष गरेको थियो, आज पनि गरिरहेको छ र भोलि पनि गर्नेछ । सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेको छ । यसको रक्षाका लागि सबै नेता, कार्यकर्ता तयार हुनुपर्ने बेला आएको छ ।’ 

लोकतन्त्र र प्रेस स्वतन्त्रता एक अर्काको परिपुरक भएको स्पष्ट पार्दै उनले प्रेस स्वतन्त्रता नभएको ठाउँमा लोकतन्त्र नै नहुने उनको दाबी छ । 

प्रजातन्तका लागि सधै जेल जानुपर्ने दिनको अन्त्यका लागि राजतन्त्र फालिएको स्मरण गर्दै उनले भने, ‘अहिले प्रधानमन्त्री केपी ओली फेरि लोकतन्त्रमाथि आक्रमण गर्दैछन् । लोकतन्त्रको रक्षाका लागि फेरि कांग्रेसले आन्दोलन गर्ने दिन आउन सक्छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *