पाँचथर हत्या प्रकरणबारे गृहमन्त्रीः सत्य तथ्य छिट्टै सार्वजनिक गर्छौँ

 

जेठ ८, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पाँचथर सामूहिक हत्या प्रकरणको सत्य तथ्य छिट्टै नै पत्ता लगाउने प्रतिबद्धता जनाएका छन् । 

सोमबारको प्रतिनिधि सभा बैठकमा मन्त्री थापाले पाँचथरको आरुबोटे गाउँमा भएको नौ जनाको विभत्स हत्याको सत्य तथ्य छिट्टै पत्ता लगाउने प्रतिबद्धता जनाएका हुन् । 

null

घटनाबारे संसदमा जानकारी गराउँदै उनले भने, ‘घटना घटाउने व्यक्तिको खोजतलास भइरहेको छ । यस घटनाको यथार्थ विवरण छिट्टै सार्वजनिक गरिने छ । यसको अनुसन्धानमा सहयोग गर्नुहुन आह्वान पनि गर्दछु ।’ 

गृहमन्त्री थापाले यस्ता विभत्स प्रकृतिका घटना रोक्न प्रहरी र गृहबाट सक्दो प्रयत्न भइरहेको पनि जानकारी गराए । 

सोमबार राति ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको थियो । 

१२ वर्षीया बालिका सीता भने भागेर बाँच्न सफल भएकी थिइन् । उनको निधार र दाहिने हातमा चोट लागेको छ । दमकस्थित आम्दा अस्पतालमा सीताको उपचार भइरहेको प्रहरीले जनाएको छ। 

अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र प्रदेश १ प्रहरी कार्यालयबाट एसएसपी नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *