लियो क्लब अफ धरान घोपा युनाइटेडले चेतनामुलक कार्यक्रमहरु संचालन गर्ने

सुनसरी, १८ वैशाख । धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुले लायन्स क्लब अफ घोपा चार्टर गठन गरेका छन् । बिराटनगर युनाइटेडको सहयोगमा लायन्स क्लब इन्टरनेसनल डिस्टृक्ट ३२५ ए १ का भुपु डिस्टृक्ट गवर्नर लायन लिला कुमार ढुङेलको प्रमुख आतिथ्यमा लियो क्लब अफ धरान घोपा युनाइटेड चार्टर गठन गरेका हुन ।
लियो क्लब अफ धरान घोपा युनाइटेडको वर्ष २०१८/१९ का लागि अध्यक्षमा उकेस कुसि, उपाध्यक्षमा सिलन भन्डारी, सचिवमा सुभमकुमार अग्रवाल र कोषाध्यक्षमा आशिष भण्डारी चयन भएका छन् । २५ ए १ का भुपु डिस्टृक्ट गवर्नर लिलाकुमार ढुङेलले प्रतिष्ठानका ८८ जनालाई लियो क्लबको सदस्यता प्रदान गरेका थिए ।लियो क्लब अफ धरान घोपा युनाइटेडले समाजप्रति उत्तरदायि हुँदै आउँदा दिनहरुमा रक्तदान कार्यक्रमहरु, स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रमहरु संचालन गर्ने सचिव शुभवकुमार अग्रवालले जानकारी दिए ।
null








