दमका रोगीले के खाने, के नखाने ?

काठमाडौं, १४ जेठ । दीर्घ दमरोगीमा सास फेर्दा सक्रिय हुने मांसपेसी विभिन्न कारणले कमजोर हुँदै जान्छ । खाना खाँदा दम बढ्नु, पाचन प्रणाली कमजोर हुनु, खानामा रुची घट्नुजस्ता कारणले बरामीले आवश्यक मात्रामा खाना खान सक्दैन । फलस्वरुप शरीरसँगै प्रतिरोधी क्षमतासमेत कमजोर हुँदै जान्छ । यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा छातीरोग विशेषज्ञ प्राडा नीरज बमले लेखेका छन् ।
त्यसकारण दम रोगका विरामीले खानपानमा विशेष ध्यान पुर्याउन जरुरी हुन्छ । यस्ता विरामीले दैनिक प्रशस्त मात्रामा प्रोटिनयुक्त शक्तिवद्र्धक खाना खानुपर्छ । चिल्लो खानेकुराको सेवनले शरीरमा कार्बनडाइअक्साइड कम जम्मा भई सास फेर्न सजिलो हुनछ । तर, पशुजन्य श्रोतबाट प्राप्त हुने चिल्लो खाना, जस्तै बोयो, अत्यधिक मासु, नौनी, घ्यु लगायतका चिज भने वढी खानु हुँदैन। यसले रगलमा कोलस्ट्रोलको मात्रा बढाउँछ ।
null
दम रोगका विरामीमा श्वासप्रश्वासको मांसपेसी च्यातिने डर हुन्छ। यसको पुनर्निर्माणका लागि प्रोटिनयुक्त खानपान आवश्यक हुन्छ । त्यसका लागि दाल, गेडागुडी, माछा, मासु, अण्डा, भटमास तथा दूधजन्य खानेकुरा नियमित खानुपर्छ । शरीरमा पानीको मात्रा कम भएमा सास फेर्न गाह्रो हुन्छ । त्यसैले प्रशस्त मात्रामा झोलिलो खानेकुरा खाँदा शरीरमा पानीको मात्रा कम हुन पाउँदेन ।









