सुर्खेतमा कर्णाली प्रदेशस्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी हुँदै

वैशाख २४, काठमाडाैँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र सुर्खेती कल्याण समाज, काठमाडौँको संयुक्त आयोजना तथा सुर्खेत स्थित विभिन्न साहित्यिक सङ्घ–संस्थाको सहकार्यमा यही शुक्रबार र शनिबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी हुँदैछ । 

 

सोमबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा सङ्गोष्ठीको सबै तयारी पूरा भएको समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक प्रा.डा. जीवेन्द्रदेव गिरीले जानकारी दिए ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्ने सङ्गोष्ठीमा कर्णाली प्रदेशका लोकवार्ता विषयमा प्रा.डा. चूडामणि बन्धु, कर्णाली प्रदेशमा गद्य साहित्यको वर्तमान अवस्था र भावी दिशा विषयमा डा. दीपक गौतम, कर्णाली प्रदेशमा प्रचलित शैव, वोन र बौद्ध धर्म–दर्शनको परम्परा विषयमा विष्णुप्रसाद पराजुली, नेपाली कवितामा कर्णाली प्रदेशको योगदान विषयमा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव एवम् दर्शन विभाग प्रमुख प्रा. जगतप्रसाद उपाध्याय र कर्णाली प्रज्ञा–प्रतिष्ठानको आवश्यकता र सम्भावना विषयमा प्रा.डा. जीवेन्द्रदेव गिरीले कार्यपत्र प्रस्तुत गर्नेछन् । 

null

सङ्गोष्ठीमा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. उपाध्याय, काव्य विभाग प्रमुख प्राज्ञ डा. हेमनाथ पौडेल, निबन्ध तथा समालोचना विभाग प्रमुख प्राज्ञ प्रा.डा. गोपिन्द्र पौडेल र बालसाहित्य तथा लोकवार्ता विभाग प्रमुख प्राज्ञ डा. देवी नेपालको सहभागिता रहने प्रज्ञा–प्रतिष्ठानले जनाएको छ । 

कार्यक्रम संयोजक प्रा.डा. गिरीका अनुसार सुर्खेत शिक्षा क्याम्पसको ठूलो हलमा हुने सङ्गोष्ठीमा गजल सन्ध्या, काव्य प्रस्तुतिका साथै विविध साँस्कृतिक कार्यक्रम हुनेछन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *