एनाकोन्डालाई बाटो काट्न मानिसहरुले सहयोग गरेपछी

बैशाख १७ । यो सोमबार ब्राजिलको बीआएर–३६४ हाइवेमा भएका मानिसहरु निकै चकित भए । हाइवेको बीचमा सोच्दै नसोचेको जीव आएपछि गाडीका चक्काहरुमा एक्कासी ब्रेक लाग्यो । 

 

पोर्टो भेल्होस्थित नर्थवेस्टर्न सिटी नजिकैको हाइवेमा एकाएक ९.८ फिट लामो एनाकोन्डा देखियो । मानिसहरुले उक्त एनाकोन्डालाई सकूशल बाटो काट्न सहयोग गरे । उनीहरुले यसको भिडियो एवं फोटो खिचेका छन् । 

null

सर्पले बाटो काटिएरहेको विभिन्न भिडियो थुप्रै मानिसहरुले फेसबुकमा सेयर गरेका थिए । ब्राजिलको मिडिया आउटलेट जीवान ग्लोबोले उक्त भिडियो पोष्ट गर्दै बायोलोजिस्ट फ्लाभियो तेरासानीसँग कुराकानी गरेकमो छ । फ्लाभियोका अनुसार उक्त एनाकोन्डा १० वर्षको हुनसक्ने र आफ्नो खाना र बासस्थानको खोजीमा भड्किएको हुनसक्ने अनुमान गरेका छन् । 

 

यो विशाल सर्प  हेर्दा निकै भयानक देखिएपनि  सर्प खासै विषालु नहुने बताइएकाे छ । हरियो एनाकोन्डाले मानिसलाई आफ्नो आहार बनाएको अहिलेसम्म कुनै रिपोर्ट छैन । यद्यपी, जुलोजिस्टले यस्ता जनावरको नजिक जाँदा निकै सचेत हुनुपर्ने बताएका छन् । एजेन्सी 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *